AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेश १ मा सरकार गठनका लागि आह्वान

प्रदेश १ मा सरकार गठनका लागि आह्वान

  • आइतवार, पुस १७, २०७९
प्रदेश १ मा सरकार गठनका लागि आह्वान

विराटनगर-प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेका छन् ।

आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् । यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्न उनले आह्वान गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार