AarthikBikash
आइतवार, माघ १५, २०७९
  • होमपेज
  • समाचार
  • कांग्रेस एम्बाप्पे भयो, धेरै गोल हान्याे तर कप अर्कैले लग्यो : शर्मा

कांग्रेस एम्बाप्पे भयो, धेरै गोल हान्याे तर कप अर्कैले लग्यो : शर्मा

  • सोमवार, पुस ११, २०७९
कांग्रेस एम्बाप्पे भयो, धेरै गोल हान्याे तर कप अर्कैले लग्यो : शर्मा

काठमाडौं -कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन् ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा बोल्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलसँग तुलना गरे । ‘अस्ति वर्ल्डकप भएको थियो नि । सबभन्दा बढी गोल चाहिँ एम्बाप्पेले हान्यो । गएको मंसिर ४ को चुनावमा सबभन्दा बढी सिट कांग्रेसले जित्यो । भयो के भने एम्बाप्पेले सबभन्दा बढी गोल पनि हान्यो, गोल्डेन बुट पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो ।’ शर्माले भने ।

उनले पाँच वर्षपछि कांग्रेस उदाउने दाबी गरे। ‘पाली कांग्रेसका लागि यो टर्निङ पोइन्ट हो। अहिले नहुनुपर्ने भयो। जे नहुनुपर्थ्यो भयो।’उनले थपे ।

Facebook Comments

सम्बन्धित समाचार