AarthikBikash
आइतवार, माघ १५, २०७९
  • होमपेज
  • राजनीति
  • प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ जना सांसदको समर्थन

प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ जना सांसदको समर्थन

  • आइतवार, पुस १०, २०७९
प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ जना सांसदको समर्थन

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि १६६ जना सांसदको समर्थन हुने भएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज आइतवार बसेको विभिन्न दलका नेताहरूको बैठकले माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेको हो।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरेर १६६ जना सांसदको समर्थन रहेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ।

नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपासँग १४, जनता समाजवादी पार्टी जसपासँग १२, जतमत पार्टीसँग छ र नागरिक उन्मुक्ति पार्टीसँग चार जना सांसद रहेका छन्। प्रचण्डलाई समर्थन गरेका दलका नेताहरू अब दाबी पेस गर्न राष्ट्रपति भवनमा जाने तयारी गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार