AarthikBikash
आइतवार, माघ १५, २०७९
  • होमपेज
  • राजनीति
  • प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै

  • बिहिबार, पुस ७, २०७९
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै

काठमाडौं-प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् ।

शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए ।  शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार