AarthikBikash
सोमवार, माघ १६, २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने चयन

  • सोमवार, पुस ४, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने चयन

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् ।

संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।

 

Facebook Comments

सम्बन्धित समाचार