AarthikBikash
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बाराही हाइड्रोको सेयर बाँडफाँट

बाराही हाइड्रोको सेयर बाँडफाँट

  • आइतवार, पुस ३, २०७९
बाराही हाइड्रोको सेयर बाँडफाँट

काठमाडौं-बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान शेयर बाँडफाँड गरेको हो । आईपिओको प्रि अलोटमेन्ट गत शुक्रबार सम्पन्न भएको थियो ।

कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ११ लाख ९२ हजार ४ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपिओ बाँडफाँड गर्दा ५१ हजार ५ सय २२ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्बसाधारणलाई आइपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरेको हो ।

जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको थियो भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

Facebook Comments

सम्बन्धित समाचार