AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुन तोलामा ७०० रुपैयाँले घट्यो

सुन तोलामा ७०० रुपैयाँले घट्यो

  • बिहिबार, मंसिर २९, २०७९
सुन तोलामा ७०० रुपैयाँले घट्यो

काठमाडौं –नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ७०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ७०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ५०० रुपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार