AarthikBikash
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठाः रवि लामिछाने

अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठाः रवि लामिछाने

  • सोमवार, मंसिर २६, २०७९
अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठाः रवि लामिछाने

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अध्यादेश ल्याउने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

संसद् बस्न लागेको अवस्थामा अध्यादेश ल्याउन हतार गरेर नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको उनको भनाई छ ।

उनले भनेका छन्:

अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र १–२ हप्तापनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम  राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ ।

सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर अध्यादेश ल्याउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार