AarthikBikash
आइतवार, माघ १५, २०७९
  • होमपेज
  • समाज
  • रास्वपाले चयन गर्‍यो समानुपातिक सांसद

रास्वपाले चयन गर्‍यो समानुपातिक सांसद

  • शनिबार, मंसिर २४, २०७९
रास्वपाले चयन गर्‍यो समानुपातिक सांसद

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाएको छ । रास्वपाले शनिबार विभिन्न क्लष्टरबाट १३ सांसदको सूची बुझाएको हो ।

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा शनिबार बसेको केन्द्रीय समिति बैठकले समानुपातिक सांसद छनोट गरेकोमा दलित महिला नपरेपछि विरोध भएको छ ।

स्वतन्त्र पार्टीले दलितबाट दुई जना पुरुष पठाएको छ । जसमा सन्तोष परियार र शिव नेपाली रहेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले बताए ।

दलितबाट दुवै जना पुरुष पठाएपछि महिलातर्फ उम्मेदवार रहेकी कल्पना रोक्काले विरोध जनाएकी हुन् । उनले यसका विरुद्ध पार्टी र निर्वाचन आयोगमा उजुरी दिने बताएकी छन् ।

Facebook Comments

सम्बन्धित समाचार