AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • लाठी बन्दुक होइन योजनाबद्ध व्यवस्थापन गर : डा. भट्टराई

लाठी बन्दुक होइन योजनाबद्ध व्यवस्थापन गर : डा. भट्टराई

  • शनिबार, मंसिर २४, २०७९
लाठी बन्दुक होइन योजनाबद्ध व्यवस्थापन गर : डा. भट्टराई

काठमाडौं-पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले शहरीकरण, अनौपचारिक श्रम अर्थतन्त्र, धनी गरिबको विभेदीकरण संक्रमणकालीन समाज अर्थतन्त्रको संरचनात्मक समस्या भएको बताएका छन् । काठमाडौं महानगरले अनौपचारिक श्रम गरी खाने फुटपाथका खुद्रे व्यापारीलाई विस्थापित गरेपछि डा. भट्टराइको यो पछिल्लो भनाइ आएको हो ।

सामाजिक सञ्जालमा आज ट्वीट गर्दै उनले लेखेका छन्, “अर्वान एण्ड रिजनल डेभलपमेन्ट प्लानिङको विद्यार्थीको नाताले भन्छु– शहरीकरण, अनौपचारिक श्रम-अर्थतन्त्र, धनी-गरीबको विभेदीकरण संक्रमणकालीन समाज-अर्थतन्त्रको संरचनात्मक समस्या हो।”

यसको दिगो समाधानका लागि लाठी बन्दुक नभई योजनावद्ध व्यवस्थापन र उचित पुनस्र्थापना भएको उनले बताएका छन् । उनले लेखेका छन्, “यसको दिगो समाधान लाठी बन्दूक हैन, योजनाबद्ध व्यवस्थापन र उचित पुनर्स्थापना हो। नत्र बिष्फोट हुन्छ, चेतना भया ।”

Facebook Comments

सम्बन्धित समाचार