AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ/वाणिज्य
  • हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आइपीओ जारी गर्ने, एनआइबिएलसँग गर्यो सम्झौता

हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आइपीओ जारी गर्ने, एनआइबिएलसँग गर्यो सम्झौता

  • बुधबार, मंसिर २१, २०७९
हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आइपीओ जारी गर्ने, एनआइबिएलसँग गर्यो सम्झौता

काठमाडौं-एनआइबिएल एस क्यापिटल र हिमाल वाटरपार्क एण्ड भिलेज होटल (क्लार्क रिसोर्ट, विरगञ्ज) बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपीओ सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झाैतामा क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा होटल प्राइभेटका तर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तगर्त क्यापिटलले होटललाई सर्वसाधारण सेयर निष्काशन पूर्व, निष्काशनको अवधीमा र निष्काशन पश्चात तीन चरणमा सेवा प्रदन गर्नेछ ।

पहिलो चरणमा कम्पनीले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

र सेयर निष्काशन पश्चात, क्यापिटलले हिमाल वाटरपार्क एण्ड भिलेज होटलको सेयर रजिष्ट्रारको रुपमा सेवा प्रदान गर्नेछ ।

हिमाल वाटरपार्क एण्ड भिलेज होटलको स्थापना वीरगञ्जका उद्यमी तथा कम्पनीका निर्देशक सुनिल कुमार खेतानले गरेका हुन् । यस होटलको संरचना १२२,४३०.४८ वर्ग फिटमा फैलिएको छ । सन् २०७३ देखि यस होटलको निमार्ण कार्य सुरु भएको थियो भने अहिले उक्त होटलको निमार्ण कार्य भईसकेको छ ।

हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट (क्लार्क रिसोर्ट, विरगञ्ज) भारतको एक प्रसिद्ध होटल ब्रान्ड क्लार्क रिसोर्टको पहिलो अन्तराष्ट्रिय होटल चेन हो । क्लार्क रिसोर्टले भारतको जयपुर लखनऊ र आग्रामा पनि विभिन्न होटलहरु संचालन गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार