AarthikBikash
आइतवार, माघ १५, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं-सुर्खेत उडान गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं-सुर्खेत उडान गर्ने

  • बुधबार, मंसिर २१, २०७९
बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं-सुर्खेत उडान गर्ने

काठमाडौं – बुद्ध एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्ने भएको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ ।

यात्रुको माग र सुविधालाई ध्यानमा दिएर एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरू अधिक लाभान्वित हुने बुध्द एयरको भनाइ छ ।

हाल सञ्चालनमा रहेको एटिआर ४२ उडान बाट यात्रुहरूको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको छ ।

सानो जहाजको सञ्चालन खर्च उच्च हुने हुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर ७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुले पाउनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार