AarthikBikash
आइतवार, जेष्ठ २८, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भारतको ज्यादतीप्रति सरकारको निरीहता,अब हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने

भारतको ज्यादतीप्रति सरकारको निरीहता,अब हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने

  • सोमवार, मंसिर १९, २०७९
भारतको ज्यादतीप्रति सरकारको निरीहता,अब हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने

काठमाडौं-आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् ।

सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् ।

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । भने, रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ । दुई पार्टीबीच केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजक सूत्रअनुसार दुवै पार्टीले समान १४/१४ सिट पाउने भएका हुन् ।

यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ। तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५/५ सिट पाउने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा जित निकालेको छ ।

Facebook Comments

सम्बन्धित समाचार