AarthikBikash
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

  • आइतवार, मंसिर १८, २०७९
लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

बुटवल-नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट सार्ने निर्णय तत्काल रोक्न माग गरेको छ ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय रोक्नुपर्ने माग गरेका हुन् ।

काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि मन्त्रालयहरु सार्न हतारो गरेको भन्दै यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमासमेत हस्तक्षेप नगर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘आम चुनावबाट जननिर्वाचित संदन र सरकारले मात्र यो काम अगाडी बढाउने कुरा स्वभाविक हुने हुँदा यो काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि यो कदम अगाडि बढाउन खोजिएकोले यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा समेत हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ ।’

Facebook Comments

सम्बन्धित समाचार