AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • समानुपातिक मतगणना : हालसम्म कुन दलले कति पायो मत ?

समानुपातिक मतगणना : हालसम्म कुन दलले कति पायो मत ?

  • मङ्लबार, मंसिर १३, २०७९
समानुपातिक मतगणना : हालसम्म कुन दलले कति पायो मत ?

काठमाडौं – गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेकपा (एमाले) ले प्रतिनिधि सभातर्फ २५ लाख ७० हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २४ लाख ३८ हजार मत पाएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) ले १० लाख ९२ हजार मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४९ हजार तथा जनता समाजवादी पार्टी जसपाले ३ लाख ४३ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी थ्रेस होल्ड कटाउनका लागि संघर्षरत छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले २ लाख ८७ हजार मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ६२ हजार मत कटाएको छ ।

निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । मतगणना जारी नै रहेकाले सदर मत कति भन्ने स्पष्ट तथ्यांक नआए पनि खसेको मत अनुमानित एक करोड सात लाख रहेको र यसमा बदर मत कटाएर बाँकी मतको तीन प्रतिशत प्राप्त गर्ने दलले थ्रेसहोल्ड पार गर्ने कानुन छ ।

त्यस्तै, आयोगले प्रदेशतर्फ समानुपातिकतर्फको मतगणना पनि जारी राखेको छ । प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि छ । मुलुकका सात प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि छ ।

Facebook Comments

सम्बन्धित समाचार