AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

  • आइतवार, मंसिर ११, २०७९
यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

काठमाडौं । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुन: मतदान गराउने निर्णय गरेको हो । आयोगले पुनः मतदानका लागि दोलखाका विभिन्न १० वटा मतदान केन्द्रसमेत सिफारिस  गरेको छ  ।

दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ स्थित वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ स्थित जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ स्थित हेल्थ पोस्ट भवन क र ख, वडा नम्बर ३ स्थित कालीढुंगा मावि क, ख, ग मा मतदान हुने  आयोगले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार