AarthikBikash
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • रास्वपालाई उछिन्दै समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो माओवादी

रास्वपालाई उछिन्दै समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो माओवादी

  • शनिबार, मंसिर १०, २०७९
रास्वपालाई उछिन्दै समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो माओवादी

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।

पछिल्लो मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । सुरुवातदेखि चौथो स्थानमा रहेको माओवादी आठ लाख १४ हजार ७७८ मतसहित तेस्रो स्थानमा उक्लिएको हो ।

एमाले पहिलो स्थानमा कायमै छ । एमालेले १९ लाख १५ हजार ११० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ लाख ४४ हजार ९११ मत पाएको छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ९४ हजार ८७० मत प्राप्त गरेको छ । स्वतन्त्र पार्टी यसअघि तेस्रो स्थानमा थियो ।

Facebook Comments

सम्बन्धित समाचार