AarthikBikash
मङ्लबार, मंसिर २०, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बाजुराको त्रिवेणीमा गोली चल्योः तीन जना घाइते, एकको अवस्था गम्भीर

बाजुराको त्रिवेणीमा गोली चल्योः तीन जना घाइते, एकको अवस्था गम्भीर

  • आइतवार, मंसिर ४, २०७९
बाजुराको त्रिवेणीमा गोली चल्योः तीन जना घाइते, एकको अवस्था गम्भीर

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार