AarthikBikash
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • ओलीले आज कर्णालीका तीन आमसभालाई सम्बोधन गर्ने

ओलीले आज कर्णालीका तीन आमसभालाई सम्बोधन गर्ने

  • आइतवार, कार्तिक २७, २०७९
ओलीले आज कर्णालीका तीन आमसभालाई सम्बोधन गर्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णाली प्रदेशका तीनवटा जिल्लाका आमसभालाई आज सम्बोधन गर्दैछन्।

हिजो सुदूरपश्चिम प्रदेशको डोटी र धनगढीका आमसभालाई सम्बोधन गरेका ओलीले आज कालिकोट,दैलेख र सुर्खेतका आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कालिकोटको मान्मा, दैलेखको क्षेत्र नं २ अन्तरगत विन्द्रासैनी चौर र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। देश दौडाहामा निस्किएका ओली हिजो राति नेपालगन्जमा बसेका थिए।

Facebook Comments

सम्बन्धित समाचार