AarthikBikash
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • गण्डकीका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त

गण्डकीका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त

  • मङ्लबार, कार्तिक २२, २०७९
गण्डकीका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त

पोखरा – गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन्। आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्यलाई बर्खास्त गरेका हुन्।

एमालेका उम्मेदवारलाई मत माग्दै हिँडेपछि मुख्यमन्त्री पोखरेलले मन्त्री आचार्यलाई हटाएका हुन्। मुख्यमन्त्री पोखरेलले उनलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाएका छन्। तर, यसबारे मुख्यमन्त्री कार्यालयका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले आफूलाई जानकारी नरहेको बताए।

आचार्य २०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट गण्डकी प्रदेशसभामा विजयी भएका थिए। यसअघि आचार्यले नेपाल समाजवादी पार्टीका उम्मेदवार फणीन्द्र देवकोटाविरुद्ध बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए।

Facebook Comments

सम्बन्धित समाचार