AarthikBikash
सोमवार, मंसिर १९, २०७९
  • होमपेज
  • विश्व
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

  • बिहिबार, कार्तिक १७, २०७९
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानमाथि लङ मार्चका क्रममा बिहीबार गोली चलेको आएको छ ।

गुजरानवालाको अल्लाहवाला चोकमा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेर खान र उनका चार जना समर्थक घाइते भएका छन् । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए । इमरानको खुट्टामा गाेली लागेको छ र उनलाई अस्पताल लगिएको छ ।

उद्धार अधिकारीका अनुसार घटनामा तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

यद्यपी, गोली सोही व्यक्तिले चलाएको हो वा अरु कसैले चलाएको हो भन्ने पुष्टि हुन सकेको छैन ।

‘डन न्यूज’का अनुसार इमरानले शाहबाज शरिफ सरकारको राजीनामा र तत्काल आम निर्वाचनको माग गर्दै गत हप्ता लङ मार्च सुरु गरेका थिए । यो लङ मार्चको शुरुवातदेखि नै विभिन्न कारणले महिला पत्रकारसहित तीन जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार