AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको पोखरेलको आरोप

प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको पोखरेलको आरोप

  • बुधबार, अशोज २६, २०७९
प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको पोखरेलको आरोप

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै महासचिव पोखरेलले साहले पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताएका हुन्।

मधेस प्रदेशमा जसपासँग तालमेल गर्ने सम्झौता बैठकमा सहभागी भए पनि साहले अन्तिम समयमा धोका दिएको महासचिव पोखरेलको भनाइ छ। साथै साहले गठबन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साँठगाँठ गरेको पनि पोखरेलले बताएका छन्।

पोखरेलले लेखेका छन्, ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो। उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भो। निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो। तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेदवारी दिनु भो र अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो। राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन। यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साँठगाँठ नै हो। रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन्। मधेस प्रदेशमा नेकपा (एमाले) र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रूपमा सफल बनाऔँ।

Facebook Comments

सम्बन्धित समाचार