AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • विप्लव नेतृत्व नेकपाको महाधिवेशन आजदेखि

विप्लव नेतृत्व नेकपाको महाधिवेशन आजदेखि

  • मङ्लबार, अशोज २५, २०७९
विप्लव नेतृत्व नेकपाको महाधिवेशन आजदेखि

काठमाडौं – देशका अन्य राजनीतिक दलहरु आमनिर्वाचनमा होमिएको बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई महाधिवेशन लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौं राष्ट्रिय महाधिवेशन आज मंगलबारदेखि कपिलवस्तुको शिवगढीमा सुरू हुँदैछ ।

काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन उद्घाट्न गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षक कपिलवस्तु पुगिसकेको जनाइएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग्गिएर मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द समूहले नयाँ पार्टी गठन गरेको थियो । तर, चन्द समूह पनि विभाजित भईसकेको छ । विप्लव समूहले आगामी मंसिरको निर्वाचन बहिष्कारको नीति लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार