AarthikBikash
मङ्लबार, मंसिर २०, २०७९
  • होमपेज
  • राजनीति
  • चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा

चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा

  • शनिबार, अशोज २२, २०७९
चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् ।

२०६४, २०७० मा पहिलाे र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए । यो पटक पनि उनी आकांक्षी थिए ।

Facebook Comments

सम्बन्धित समाचार