AarthikBikash
सोमवार, मंसिर १९, २०७९
  • होमपेज
  • समाचार
  • नेपालमा थपिए ५३ कोरोना संक्रमित

नेपालमा थपिए ५३ कोरोना संक्रमित

  • सोमवार, अशोज १०, २०७९
नेपालमा थपिए ५३ कोरोना संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै देशभर  १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् । आज ८४  जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार