AarthikBikash
आइतवार, मंसिर ११, २०७९
  • होमपेज
  • समाज
  • नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

  • मङ्लबार, अशोज ४, २०७९
नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालय जनाएको छ ।

आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ६१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार