AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • जबरा सर्वोच्च फर्कनसक्ने भन्दै सरकारले बढायो सुरक्षा निगरानी

जबरा सर्वोच्च फर्कनसक्ने भन्दै सरकारले बढायो सुरक्षा निगरानी

  • मङ्लबार, अशोज ४, २०७९
जबरा सर्वोच्च फर्कनसक्ने भन्दै सरकारले बढायो सुरक्षा निगरानी

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा फर्किन सक्ने भन्दै सरकारले सुरक्षा निगरानी बढाएको छ। जबरा आज सर्वोच्च फर्कनसक्ने भन्दै सरकारले प्रधानन्यायाधीश निवास अगाडि सुरक्षा निगरानी बढाएको हो।

त्यस्तै, नेपाल बार एशोसियसन तथा सर्वोच्च बारका कानुन व्यवसायी समते ‘अलर्ट’ मा बसेका छन्। जबरा आइतबार सर्वोच्च अदालततर्फ आउने तयारी गर्दै गर्दा निवासबाट निस्कन दिइएको थिएन।

हिँजो सोमबार संविधान दिवसको अवसरमा सर्वोच्च अदालत बन्द थियो। आज सरकारी कार्यालय खुलेपछि जबरा सर्वोच्चमा फर्किन सक्ने भन्दै निगरानी बढाउन सरकारले प्रहरीलाई निर्देशन दिएपछि सुरक्षा निगरानी बढाएको हो।

जबराविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा लागेका थिए। संसदको कार्यकाल सकिएको कारणले गर्दा महाभियोग निष्कृय भएको र महाभियोग प्रमाणित नभएको भन्दै उनी अदालत फर्कने तयारीमा थिए।

Facebook Comments

सम्बन्धित समाचार