AarthikBikash
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित

चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित

  • शनिबार, अशोज १, २०७९
चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित

काठमाडौं – निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित भएको छ ।

शनिवार राति बसेको ११ सदस्यीय समितिको बैठकले सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् । महाभियोगको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीका सदस्यले हस्ताक्षर गरेका छन् ।

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार