AarthikBikash
मङ्लबार, मंसिर २०, २०७९
  • होमपेज
  • समाज
  • थप १७९ जनामा कोरोना संक्रमण,एकको मृत्यु

थप १७९ जनामा कोरोना संक्रमण,एकको मृत्यु

  • सोमवार, भदौ २७, २०७९
थप १७९ जनामा कोरोना संक्रमण,एकको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको नमूना परीक्षण गर्दा १७९ जनामा संक्रमण देखिएको हो ।

पिसीआर परीक्षणबाट १२७ जना र एन्टीजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, हाल नेपालमा दुई हजार २७१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर एक जनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १५ जनाको मृत्यु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार