AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चट्याङबाट एउटै गाउँका तीन महिलाको मृत्यु, शोकमा डुब्याे मलाहिटोल

चट्याङबाट एउटै गाउँका तीन महिलाको मृत्यु, शोकमा डुब्याे मलाहिटोल

  • मङ्लबार, भदौ १४, २०७९
चट्याङबाट एउटै गाउँका तीन महिलाको मृत्यु, शोकमा डुब्याे मलाहिटोल

काठमाडौं,रौतहट – रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकैपटक तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका  प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन् ।

मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् ।

चट्याङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृत्यु हुंदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० की सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार