AarthikBikash
शुक्रबार, मंसिर २३, २०७९
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठकः सांसद गिरिको निधनमा शोक प्रस्ताव पारित गरिने

प्रतिनिधिसभा बैठकः सांसद गिरिको निधनमा शोक प्रस्ताव पारित गरिने

  • सोमवार, भदौ ६, २०७९
प्रतिनिधिसभा बैठकः सांसद गिरिको निधनमा शोक प्रस्ताव पारित गरिने

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्नेछ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

गिरी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए ।

यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए । नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भएका थिए ।

क्यान्सर रोगबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार