AarthikBikash
मङ्लबार, मंसिर २०, २०७९
  • होमपेज
  • समाज
  • मौसम:केही दिन वर्षाको मात्रा बढ्ने

मौसम:केही दिन वर्षाको मात्रा बढ्ने

  • शनिबार, भदौ ४, २०७९
मौसम:केही दिन वर्षाको मात्रा बढ्ने

काठमाडौं – मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले अब एक/दुई दिन वर्षाको मात्रा केही बढ्ने अनुमान मौसमविद्ले गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा देशको पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानमा छ ।

न्यून चापीय रेखा सरदर स्थानभन्दा जति उत्तर भयो उति पानी पर्ने सम्भावना बढ्छ । यस हिसाबले मनसुनको न्यून चापीय रेखा अहिले पश्चिमतिर सरदर स्थानभन्दा उत्तर रहेकाले नेपाल नजिक भएको छ।

त्यसैले अब पश्चिमतिर राम्रोसँग वर्षा हुने मौसमविद् भट्टराईले जानकारी दिए । उनका अनुसार बंगालको खाडी नजिकै न्यून चापीय क्षेत्र बनेको छ, जसको वरिपरि बादल विकास भएको छ ।

त्यसको प्रभाव काठमाडौंदेखि पूर्वका क्षेत्रमा परिरहेको छ। आज काठमाडौंमा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार