AarthikBikash
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौंको फोहोर उठ्न नसकेको भन्दै योगेश भट्टराईले गरे सरकारको आलोचना,बालेनलाई एमालेसँग सहकार्य गर्न आग्रह

काठमाडौंको फोहोर उठ्न नसकेको भन्दै योगेश भट्टराईले गरे सरकारको आलोचना,बालेनलाई एमालेसँग सहकार्य गर्न आग्रह

  • आइतवार, साउन २९, २०७९
काठमाडौंको फोहोर उठ्न नसकेको भन्दै योगेश भट्टराईले गरे सरकारको आलोचना,बालेनलाई एमालेसँग सहकार्य गर्न आग्रह

काठमाडौं – प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाेहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए । उनले नेकपा एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे ।

उनले भने, ‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आइतबार ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन् । सम्बन्धित मन्त्रीहरू बेखबर छन् । त्यस्तै, झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङ्डुङ्ती गनाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुत्ति पनि छैन । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ । दृष्टिकोण छ । नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ । यदि तपाई सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बर्बादि हुनेछ । सांस्कृतिक शहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौँ ।’

Facebook Comments

सम्बन्धित समाचार