AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मनोहरा बाढी : ७५ लाख बराबरको क्षति

मनोहरा बाढी : ७५ लाख बराबरको क्षति

  • बिहिबार, साउन २६, २०७९
मनोहरा बाढी : ७५ लाख बराबरको क्षति

 काठमाडौं – काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले ७५ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले बाढीले बङ्गुर, हाँस, कुखुरा लगायतका पशु चौपया बगाउँदा र खाद्यान्न डुबानमा ७५ लाख बराबरको क्षति पुगेको प्रारम्भिक जानकारी आएको जानकारी दिएको हो ।

बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्यबस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुर्‍याएको छ ।

सुकुम्वारी बस्तीकै पाँच घर भत्किएको, दिव्यश्वरीको एक घर बगाएको, काँडाघारी प्रहरी प्रभागको मेस नै भत्किएको छ ।

त्यस्तै दिव्यश्वरी आयोजनाका खोला किनाराको कालोपत्र सडक नै कतै बगाएको र कतै चिरिएर भासिएको छ । खोला किनारामा रहेको काठमाडौँ तर्फ पाँच घर बगाएको छ ।

रेडक्रसका अनुसार सुकुम्वासी बस्तीमा पाँच, बस्ती भन्दामाथि ११ गरी १६ घर तथा टहरा भत्किएको, सुकुम्वासी बस्तीको तीन सय घरमा क्षति पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार