AarthikBikash
सोमवार, मंसिर १९, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सप्तकोशीमा ‘हाई-अलर्ट’ जारी

सप्तकोशीमा ‘हाई-अलर्ट’ जारी

  • शनिबार, साउन २१, २०७९
सप्तकोशीमा ‘हाई-अलर्ट’ जारी

काठमाडौं – सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अर्थात् हाई-अलर्टु अपनाएको छ ।

पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत(साधन तयारी अवस्थामा राखिएको बताए।

प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै -हाई-अलर्टुमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए ।

वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा शतर्कता तह पार गर्ने सम्भावना देखिएकालेसमेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको उनले बताए ।

प्रजिअ यादवले त्यो बहाव कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्यूसेकको हाराहारीमा पुग्नसक्ने देखिएकाले ब्यारेजमा समेत शतर्कता बढाइएकोे बताए।

यसैबीच कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाई-अलर्ट जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा हाई-अलर्टु जारी गरिएको बताए ।

Facebook Comments

सम्बन्धित समाचार