AarthikBikash
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय

४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय

  • बिहिबार, साउन १९, २०७९
४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि बुधबार बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए । त्यसै सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन मिति तोकेका हुन् ।

निर्वाचन आयोगले पनि एक महिनाअघि नै साेही मितिमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेकाे थियो ।

Facebook Comments

सम्बन्धित समाचार