AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • अर्थमन्त्री शर्माले लिए शपथ

अर्थमन्त्री शर्माले लिए शपथ

  • आइतवार, साउन १५, २०७९
अर्थमन्त्री शर्माले लिए शपथ

काठमाडौं – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

गत १४ जेठमा बजेट तयार गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले पदबाट राजीनामा दिएका थिए । सो सम्बन्धमा प्रतिनिधिसभाले छानबिन गर्न ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो ।

समितिले हालै मात्र प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटासमक्ष बुझाएको थियो । जसमा अनधिकृत व्यक्ति प्रवेश नभएको उल्लेख थियो । संसदीय समितिले क्लिन चिट दिएसँगै शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गरिएको हो ।

 

Facebook Comments

सम्बन्धित समाचार