AarthikBikash
आइतवार, मंसिर ११, २०७९
  • होमपेज
  • राजनीति
  • आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते चुनावको मिति तोक्न सक्छ : प्रमुख आयुक्त थपलिया

आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते चुनावको मिति तोक्न सक्छ : प्रमुख आयुक्त थपलिया

  • मङ्लबार, साउन १०, २०७९
आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते चुनावको मिति तोक्न सक्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन् ।

मंगलबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गरेका छन् ।

‘आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ । अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो । आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ,’ उनले भने ।

आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मितिबारे सरकारलाई परामर्श दिइसकेको थपलियाले बताए । उनले निर्वाचनको तयारीका सबै काम सुरु भइसकेको समेत बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचन स्थानीय तह निर्वाचनभन्दा कम खर्चिलो हुन सक्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा आयोगले विगतभन्दा निकै ठूलो रकममा खर्च कटौती गरेकोसमेत बताएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार