AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • अर्थ मन्त्रालयको हराएको सीसीटिभी फुटेज बारे प्रहरी प्रतिवेदनको अध्ययन सुरु

अर्थ मन्त्रालयको हराएको सीसीटिभी फुटेज बारे प्रहरी प्रतिवेदनको अध्ययन सुरु

  • मङ्लबार, साउन १०, २०७९
अर्थ मन्त्रालयको हराएको सीसीटिभी फुटेज बारे प्रहरी प्रतिवेदनको अध्ययन सुरु

काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय छानबिन समितिले सीसीटिभी फुटेजको अनुसन्धान सम्बन्धि नेपाल प्रहरीको प्रतिवेदनमाथि अध्ययन सुरु गरेको छ ।

नेपाल प्रहरीको एक निकायले सीसीटिभी फुटेजको हार्डडिस्क लगेर अनुसन्धान गरी त्यसको प्रतिवेदन साेमबार समितिलाई दिएको थियाे । छानबिन समितिले आज (मंगलबार) साेही प्रतिवेदन खोलेर अध्ययन गर्न थालेको छ ।

तर प्रहरी प्रतिवेदन अध्ययनमा प्राविधिक कठिनाई भएपछि सम्बन्धि विज्ञलाई नै बाेलाएर अध्ययन गर्ने भन्दै बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करका दर हेरफेर गरेको विषयमा संसदीय समितिले पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गरिरहेको छ । समितिले जेठ १४ रातिको अर्थमन्त्रालयको सीसीटिभी फुटेज फेला नपारेपछि प्रहरीको सहयोग मागेको थियो । अर्थ मन्त्रालयको फुटेज फेला नपरेपछि समितिले उक्त रातिको सिंहदरबार गेटको फुटेज अध्ययन पनि गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार