AarthikBikash
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

  • सोमवार, साउन ९, २०७९
सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी भएको छ ।

सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरुले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरूले राष्ट्रिय एकताको रक्षा गरौं, स्वाधिनताको रक्षा गरौं, नागरिकता विधेयक खारेज गर्, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद लगायतका नारा लगाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरूको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताए । उनले वीर शहीदहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भुमिका अतुलनीय रहेको बताए । उनले पृथ्वीनारायण शाहको पालाबाट शुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भुमिकाको प्रशंसा गरेर नसकिने बताए ।

Facebook Comments

सम्बन्धित समाचार