AarthikBikash
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप ३४७ जनामा कोरोना संक्रमण,दुई जनाको मृत्यु

थप ३४७ जनामा कोरोना संक्रमण,दुई जनाको मृत्यु

  • आइतवार, साउन ८, २०७९
थप ३४७ जनामा कोरोना संक्रमण,दुई जनाको मृत्यु

काठमाडौं – कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अपील गरेको छ।

आइतबार थप ३४७ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ३०३ र एन्टीजेनबाट ४४ जनामा संक्रमण देखिएको हो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ९५ जना संक्रमित कोरोनामुक्त भएका छन्। नेपालमा हालः ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन्।

Facebook Comments

सम्बन्धित समाचार