AarthikBikash
शुक्रबार, मंसिर २३, २०७९
  • होमपेज
  • खेलकुद
  • नेपाली क्रिकेटको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

नेपाली क्रिकेटको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

  • बुधबार, साउन ४, २०७९
नेपाली क्रिकेटको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं – केहि घण्टा अघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

दिउसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएका पुबुदुलाई त्यसको तीन घण्टा पनि बित्न नपाउँदै क्रिकेट क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस अघि क्यानले पत्रकार सम्मेलन अपराह्न चार बजे गर्ने तयारी गरेपनि अन्य कार्यक्रमसँग समय जुधेपछि एक घण्टा छोट्टाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले आफु व्यक्तिगत कारण नेपाली टिम छाडेको र टिम छाड्दा दुखी भएको बताएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार