AarthikBikash
शनिबार, मंसिर १७, २०७९
  • होमपेज
  • राजनीति
  • प्रचण्डको मोदीसँग भेट नहुने

प्रचण्डको मोदीसँग भेट नहुने

  • आइतवार, साउन १, २०७९
प्रचण्डको मोदीसँग भेट नहुने

काठमाडौं – तीन दिने भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा शुक्रबार दिल्ली पुगेका अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीमा प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका थिए ।

तर, भ्रमणको अन्तिम दिन आइतबार अर्थात् आज प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जनाएको छ । प्रचण्ड आज (आइतबार) साँझ नेपाल फर्किँदै छन् ।

Facebook Comments

सम्बन्धित समाचार