AarthikBikash
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • राजनीति
  • जनार्दन शर्मामाथि छानविनः संसदीय विशेष समिति सदस्य हेरफेर

जनार्दन शर्मामाथि छानविनः संसदीय विशेष समिति सदस्य हेरफेर

  • बिहिबार, असार ३०, २०७९
जनार्दन शर्मामाथि छानविनः संसदीय विशेष समिति सदस्य हेरफेर

काठमाडौं – करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् ।

समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उनको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई उठाएको हो । जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ ।

२२ असारमा गठित समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार