AarthikBikash
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेबाट उपसभामुखमा विद्या भट्टराईले दिइन् उम्मेदवारी

एमालेबाट उपसभामुखमा विद्या भट्टराईले दिइन् उम्मेदवारी

  • बिहिबार, असार ३०, २०७९
एमालेबाट उपसभामुखमा विद्या भट्टराईले दिइन् उम्मेदवारी

काठमाडौं – नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् ।

बिहीबार संसद् सचिवालय पुगेर भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।

पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए । दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार