AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन छः ओली

अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन छः ओली

  • बुधबार, असार २९, २०७९
अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन छः ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौँमा बुधबार मानवअधिकार एलायन्सद्वारा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिले राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउने प्रवृत्ति चलेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिक दलहरूले लामो समय संघर्ष र योगदान गरेर परिवर्तन र रुपान्तरण गरेको भन्दै कुनै पनि राजनीतिक दलले सत्तामा पुगेर मानव अधिकार रक्षा गर्न सक्ने बताए। गत वैशाखको स्थानीय तह र आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई लक्षित गर्दै उनले राजनीतिक दलहरूले परिवर्तन गर्नसक्ने बताएका थिए।

स्वतन्त्र उम्मेदवारहरूलाई लक्षित गर्दै नेता ओलीले अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन रहेको बताए। ‘अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलका नेतालाई गाली गर्नुपर्छ। यो राम्रो हैन। दलहरूको आवश्यकता हिजो पनि थियो। आज पनि छ र भोलि पनि हुन्छ’ ओलीले भने।

Facebook Comments

सम्बन्धित समाचार