AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • मङ्लबार, असार २८, २०७९
चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

नेपालको चार दिने भ्रमणमा रहनु भएका प्रमुख लिउले आज (मंगलबार) बिहान भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो । साेही भेटवार्तामा एमाले नेताहरू प्रदीप ज्ञवाली, राजन भट्टराई र विष्णु रिमाललगायत समेत सहभागी भएका थिए ।

आइतबार काठमाडौं आइपुग्नु भएका लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो । सोमबार उहाँले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए।

प्रमुख लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी नेपाल भ्रमण टुंग्याउनेछन् ।

 

 

Facebook Comments

सम्बन्धित समाचार