AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • आगामी निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ :गगन थापा

आगामी निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ :गगन थापा

  • सोमवार, असार २७, २०७९
आगामी निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ :गगन थापा

काठमाडौं – सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा हुने जानकारी दिएका छन् ।

ललितपुमा सोमबार आयोजित कार्यक्रममा उनले  ४ र ५ साउनमा बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मितिबारे निर्णय गर्ने जानकारी दिएका हुन् ।

आउने निर्वाचनका लागि तयारीमा जुट्न निर्देशन दिँदै महामन्त्री थापाले मतदातालाई मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यमा पनि सहजीकरण गर्न बताए ।

निर्वाचन आयोगले २ मंसिरमा एकैचरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोक्न सरकारसमक्ष सिफारिस गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार