AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • संसदमा ओली: सरकारले अति नै गरेपछि बोल्न आएको प्रष्टिकरण

संसदमा ओली: सरकारले अति नै गरेपछि बोल्न आएको प्रष्टिकरण

  • सोमवार, असार २०, २०७९
संसदमा ओली: सरकारले अति नै गरेपछि बोल्न आएको प्रष्टिकरण

काठमाडौं –  प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । विदेशी सेनाको इकाइ नेपाल रहने गरी हुन लागेको एसपीपीको विषय कुनै दल र कुनै गठबन्धनको कुरा नभएको भन्दै उनले यसबारे सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

साथै उनले एसपीपीको विषयमा आफू संलग्न भएर कुनै पत्राचार भएको भए प्रमाण ल्याउन पनि चुनौती दिएका छन् । “मैले भनिरहनु पर्दैन । संविधान जारी हुँदा प्रधानमन्त्री को थियो, असोज ६ गते मन्त्रीस्तरीय निर्णय गर्दा रक्षामन्त्री, प्रधानमन्त्री को थियो । त्यसवेलाका सचिव अहिले त उहाँ पत्राचार गराउँदा जानकारी गराइएको थियो भन्नुहुन्छ । यस कुराको सत्य तथ्यको सम्बन्धमा तत्कालिन सेनापति राजेन्द्र क्षत्रीसँग कुरा गरे हुन्छ,” ओलीले भने, “म संलग्न भएर कुनै पत्राचार भएको भए प्रमाण ल्याउनुहोस् ।”

Facebook Comments

सम्बन्धित समाचार