AarthikBikash
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टी घोषणा गरेका वामदेव गौतमलाई संयोजकबाटै हटाइयो

पार्टी घोषणा गरेका वामदेव गौतमलाई संयोजकबाटै हटाइयो

  • शनिबार, असार १८, २०७९
पार्टी घोषणा गरेका वामदेव गौतमलाई संयोजकबाटै हटाइयो

काठमाडौं – वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट निष्कासित भएका छन् ।

शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा बसेको अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले विभिन्न ५ बुँदे आरोप लगाउँदै बहुमतले गौतमलाई अभियानको संयोजकबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

साथै बैठकले सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठनसमेत गरेको छ ।

गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने घोषणा गरिएको थियो । तर, गौतमले अहंकारवादी सोचका साथ एकलौटी निर्णय गरेको, अराजनीतिक व्यवहार प्रस्तुत गरेको, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको, शक्तिको चरम दुरुपयोग गरेकोलगायत आरोप लगाइएको छ ।

बैठकको निर्णयहरुः-

Facebook Comments

सम्बन्धित समाचार